काठमाडौं,३० कार्तिक– मतदातालाई आफ्नो पक्षमा पार्न संयुक्त चुनावी सभाको आयोजना गर्दै हिडेको कम्युनिष्ट गठवन्धनको चुनावी सभा आज बागलुङ र स्याङ्जामा हुने भएको छ ।
दुबै सभालाई नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कम्युनिष्ट गठबन्धनले हिजोदेखि संयुक्त चुनावी सभा सुरु गरेको हो ।
दुवै नेताले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।
मंसिर ९ गतेसम्म संचालन हुने सभालाई दुवै नेताले संयुक्त रुपमा संवोधन गर्ने छन् । यसअघि हिजो गोरखामा चुनावी सभाको आयोजना भएको थियो ।

