मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

काठमाडाैं,१० माघ । प्रदेश ५ सरकारले गरिब र पिछडिएको क्षेत्रका नागरिकलाई लक्षित गरि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरेको छ । प्रदेशका १२ वटा जिल्लाका ३४ गाउँपालिकामा कार्यक्रम शुरु गरेको हो ।

गरिवीको समस्याबाट आक्रान्त घर परिवार, असहाय, जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिका घरपरिवार, दलित, पिछडिएका समुदाय तथा सुरक्षित वसोवास नभएका परिवार र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई यसमा राखिएको छ ।

कार्यक्रमका लागि प्रदेश स्तरमा निर्देशक समिति, जिल्ल स्तरमा व्यवस्थापन तथा समन्वय समिति र स्थानीय स्तरमा कार्यक्रम सिफारिश तथा कार्यान्वय समिति राखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कार्यक्रम कार्यान्वयनका लागि १२ वटै जिल्लामा सहजकर्ता नियुक्त गरेको  प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा नियुक्त भएका सहजकर्ताले पालिकाहरुमा गएर कार्यक्रम छनौटका लागि सहजीकरण गरिरहेका छन् । प्रदेश सरकारले कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here