मिश्र र थापाबीच एकता हुदै, कस्को नेतृत्वमा पार्टी जाला ? नाम के हुने ?

काठमाडौं, ११ साउन– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच आज एकता हुने भएको छ ।

दिउँसो साढे १ बजे नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकता घोषणा गरिने विवेकशील पाटीएका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ प्रस्ताव गरिएको छ । एकतापछि सामुहिक नेतृत्वमा पार्टी सञ्चालन हुने पौडेललले बताउनुभयो ।

पार्टी सञ्चालनका लागि संयोजन समिति बनाउन, साझाका अधयक्ष रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष उज्ज्वल थापाको सामुहिक नेतृत्वमा पार्टी चल्ने साझा पार्टीका प्रवत्तःा सूर्यराज आचार्यले जानकारी दिनुभयो ।
दुवै पार्टीका १७–१७ केन्द्रीय सदस्य चयन गरी ३४ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ । निर्वाचनअघि एकताको प्रयास असफल भएपनि अहिले एकताका विषयमा सहमति जुटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here