मिर्गौलापीडितलाई दश लाख आर्थिक सहयोग

वालिङ, १८ फागुन: एक मिर्गौलापीडित व्यक्तिलाई उपचारका लागि दश लाख आर्थिक सहयोग गरिएको छ । वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको रकम सङ्कलनका अभियानकर्ता टीकराज गुरुङले बताउनुभयो ।

हाल वालिङ नगरपालिका– १ रामबाच्छामा बसोवास गर्दै आउनुभएका गुरुङको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सामाजिक सञ्जालमार्फत ‘सपोर्ट फर केवी गुरुङ’ अभियान सञ्चालन गरेपश्चात देश तथा विदेशबाट सहयोग रकम प्राप्त भएको अभियानकर्ता टीकराजले बताउनुभयो ।

“केवी सरको उपचारका लागि सहयोग रकम आउने क्रम जारी छ” अभियानकर्ता गुरुङले भन्नुभयो, “आगामी दिनमा प्राप्त भएको रकम पुनःहस्तान्तरण गरी उहाँको उपचारमा सहयोग गर्छौं ।”

झण्डै दुई महीना अघिदेखि उपचारका क्रममा रहनुभएका मिर्गौलापीडित गुरुङले अहिले नेशनल डायलासिस सेन्टरमा उपचार गराइरहनुभएको छ । उपचारका क्रममा गुरुङको हालसम्म रु तीन लाख खर्च भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here