काठमाडौं,१५ फागुन– धादिङको थाक्रे गाउँपालिका १ धारापानी खोल्सामा मिनिट्रक दुर्घटना हुँदा चालक स्थानीय बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रकमा सवार ३ जना घाइते भएका छन् । गएराति साढे ११ बजे बा १ ख ९८४२ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका टिकाराम तामाङ, राजेश तामाङ र कमल तामाङलाई उपचारको लागी काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।
घाइते मध्ये टिकारामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै, धनुषाको मिथिला नगरपालिका ९ शिव मन्दिर नजिकै ना ५ ख २०२१ नम्बरको बसको ठक्करबाट पैदलयात्री, महोत्तरी गौशाला नगररपालिका १० का ४२ वर्षिय लोक बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

