बर्दिवास, ११ वैशाख । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी सियोबाट उत्पति भएकाले सीता नामकरण भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ । प्रदेश सरकारले जानकी नवमीमा २ नं प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

