मिडिया विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिनेःपुर्वसभामुख घर्ती

बुटवल,२९ बैशाख । पूर्वसभामुख ओनसरी घर्तीले सरकारले ल्याएको मिडिया विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताउनुभएको छ ।

बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता घर्तीले मिडियामा अंकुश लगाउने सरकारको कुनै नियत नभएको स्पष्ट पार्नुभयो । घर्तीले प्रेस स्वतन्त्र हुन नसके लोकतन्त्र नै कमजोर बन्ने भन्दै पत्रकारहरूले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्ने धारणा राख्नुभयो । यस्तै अध्यक्ष घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने दाबी गर्नुभयो ।

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताउनुभयो । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको भन्दै अध्यक्ष घर्तीले बढीभन्दा बढी जनताको जनताको राय लिएर मात्रै राजधानीको टुंगो लगाउन प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्नुभयो ।

सरकारले जनताको सबै अपेक्षा अनुरूप काम गर्न नसके पनि कामै भएन भन्नु चाहिँ गलत हुने उल्लेख गर्नुभयो । सरकार परिवर्तनको कुनै सम्भावना नहरेको दाबी गर्दै सरकारको विकल्पमा अर्को कुनै पार्टी र शक्ति नभएको स्पष्ट पार्नुभयो ।
पारिन्। नेकपामा पार्टी एकताको प्रक्रियाले पूर्णता पाएको उल्लेख गर्दै उनले अस्थिरता चाहने शक्ति नेकपा र सरकारको विपक्षमा लागेको बताइन्।

घर्तीले संसदमा सभ्य भाषा तथा शब्द प्रयोग गर्नुपर्ने र नकारात्मक अर्थ लगाउने शब्द बोल्न नहुने बताउनुभयो । संसदमा कसैको विरोध र सर्मथन गर्नु संसदीय परम्परा र अभ्यास भएपनि अमर्यादित भाषा बोल्न नहुने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here