मिडिया विधेयकले पत्रकारमाथिको ‘कू’ गर्दैःसभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दस लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताउनुभएको छ ।

काठमाडौं,२९ बैशाख । आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले यो ‘कू’ को प्रतिवाद गर्ने बताउनुभयो । उहाँले लेख्न पनि नपाउने बोल्न पनि नपाउने भन्दै उहाँले कांग्रेसको पहिलो शर्तनै अभिव्यक्ति स्वतन्त्रतता रहेको बताउनुभयो ।

मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here