मिडियाकप फुटसलको उपाधी खेलकुद पत्रकार मञ्चलाई

काठमाडौं–  सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ । आज भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलकुद पत्रकार मञ्चका लागि दिल तामाङले २ तथा निशान राई, शुवास हुमगाईं, र दिपेन्द्र पोख्रेलले १।१ गोल गरे । माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले १ गोल फर्काए ।
आजै बिहान भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५–२ र माउण्टेलन टेलिभिजनले फोटो पत्रकारलाई ३–१ ले जितेको थियो ।

खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजेता बन्दै सेमिफाइनल पुगेका थिए । विजेता खेलकुद पत्रकार मञ्चले ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतीमा गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here