मालबाहक यातायातमा सिण्डिकेट छैनः मन्त्री जम्मरकट्टेल

काठमाडौं,१४ पुस ।  ललितपुर–प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले मालबाहक यातायातमा सिण्डिकेट नरहेको बताउनुभएको छ ।
ट्रक यातायात व्यवसायी संघ काठमाडौंको ८ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री जम्मरकट्टेलले यात्रुवाहक, मालवाहक र निजी यातायातलाई हेर्ने सरकारी दृष्टिकोण छुट्टै हुनुपर्ने भन्दै प्रदेश सरकारले यसमा गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सरकारले हालै पारित गरेको सवारी व्यवस्थापन तथा सञ्चालन गर्न बनेको ऐन अझै पूर्ण हुन नसकेको भन्दै व्यवसायीको सुझावसहित संशोधन गरिने बतानुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here