मापसे जाँच गर्ने मेशिन बिग्रिएपछि तनाव

बाँके, १६ साउन- मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ ।

थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।

प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउनुहुनछ । उहाँले भन्नुभयो, “ब्रेथलाइजर मेशिन अभावमा ट्राफिक प्रहरी र नागरिकबीच वैमनस्यता सिर्जना हुने गरेको छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् ।”

मापसे गरे÷नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पु¥याउनुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ । प्रहरी नायव उपरीक्षक बुढाथोकी भन्नुहुन्छ, “मापसे गरेका सबैलाई स्वास्थ्य जाँच गर्न अस्पताल पु¥याउनुपर्ने समस्यासँगै उनीहरुलाई थुनेर राख्न नमिल्ने भएकाले जाँचस्थलमै आफन्त बोलाएर जिम्मा लगाउनु परिरहेको छ ।”

सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here