मानसिक शान्तिका लागि आध्यात्मिक अभ्यास

काठमाडौँ, ११ असार– दैनिक आध्यात्मिक अभ्यास गरे मानसिक शान्ति प्राप्तिका लागि सहयोग मिल्ने अद्वैत संस्था नेपाल केन्द्रीय सत्संग मन्दिरमा आयोजित विशेष सत्संग समारोहमा जोड दिइयो ।

संस्थाका सदस्य केदारराज तथा कमला चिमौरियाले आयोजना गर्नुभएको विशेष सत्संग समारोहमा कुलपति प्रताप चक्रवर्तीले संस्थापक डा क्षितीशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद् ‘मोक्षपन्थ प्रकाश’ वाचन गर्दै आध्यात्मिक अभ्यास गर्ने ज्ञानवान् मानिसको आत्मभावमै सत्य अनुभूत हुने बताउनुभयो ।

अज्ञानले नाना प्रकारको दुःख प्राप्त हुने भएकाले ज्ञानमार्फत् सुख पाउन सकिनेमा संस्थाका वसन्तलाल महासरस्वती, गुरुआमा अर्पणा चक्रवर्ती, देवेश्वर सरस्वती, विष्णुप्रसाद सरस्वती, अनन्तलाल सरस्वती, कृष्णप्रसाद गौतमलगायतले डा क्षितीशचन्द्र रचित नेपाली उपनिषद् ‘वेदान्त परिशीलन’, ‘साक्षात्कार–२८’ आदिको पाठ पारायण गर्नुभयो ।

अद्वैत संस्थाको दुरिखेल शाखा, ललितपुरका प्रमुख श्रीराम केसीले राष्ट्रव्यापी विशेष ज्ञान महायज्ञ सत्संग समारोह मंगलबार केन्द्रीय मन्दिर बागबजारमै आयोजना गर्ने जानकारी पनि सो अवसरमा गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here