मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै

नेपालगञ्ज, १८ पुस: दलालहरुले नयाँ÷नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ ।

“रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल सधँै एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ” माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला  बताउनुहुन्छ ।

पहिले गरीब घरपरिवारका महिला तथा बालिकालाई दलालले बिक्रीका लागि तारो बनाउथे भने अहिले धनी वर्गका महिला तथा बालिकाहरु समेत बेचिने गरेका छन् । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गरेर महिला र बालबालिकालाई रोजगारीका नाममा प्रलोभनमा पारी दलालहरुले भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो ।

सञ्चार प्रविधिमा दलालले अहिले ‘इमो’को प्रयोग गर्दै आएका छन् ।  विगत एक वर्षको अवधि (सन् २०१८) मा माइती नेपाल क्षेत्रीय कार्यालय, नेपालगञ्जले भारत, दुबई र कुवेतवाट श्रम र यौन शोषणमा परेका ८२ जनाको उद्धार गरेको तथ्याङ्कले पनि मानव बेचबिखनको अवस्था पछिल्लो समय अझ जटिल बन्दै गएको देखाएको छ ।

सो अवधिमा सबैभन्दा बढी बाँकेबाट २१०, सुर्खेतबाट ११०, दाङबाट ११९ र बर्दियाबाट ९७ जना जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई नेपाल—भारतको सीमा क्षेत्रबाट माइती नेपालले उद्धार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here