काठमाडौं,२५ माघःमानव बेचबिखनको आरोपमा कलाकार राजेन्द्र खड्की पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार दिउँसो ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोले मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान थालिसकेको छ ।
ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठका अनुसार सांस्कृतिक कार्यक्रमदेखि फिल्म र डकुमेन्ट्री बनाउने भन्दै खड्गीले दक्षिण कोरिया लगेर ११ जनालाई छोडेको भन्ने सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको छ ।
ब्यूरो स्रोतका अनुसार खड्गीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया पुर्याएका थिए । खड्गी र अन्य एक जना दक्षिण कोरियाबाट फर्केपनि अरु उतै बसेका थिए ।

