माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक (यसरी हेर्नुहोस् रिजल्ट)

काठमाडौं, २ असार– परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।

यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो ।  यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका  अनुसार परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । २.८ देखि ३.२ जीपीसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।

परिक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध गरिएको छ ।  परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।

विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब सीभन्दा कम ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन ।

गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउँथ्यो ।यस वर्ष भने सैद्धान्तिक विषयमा डि, डि प्लस र इ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड बृद्धिको परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

यहाँ हेर्नुहोस्

http://result.soce.gov.np/ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here