माथिल्लो तामाकोशीको शेयर खुला

काठमाडौं,१६ साउनःमाथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका बासिन्दाका लागि छुट्याएको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर आइपिओ आज खुला गरेको छ । आयोजनाका अनुसार दोलखाबासीका लागि छुट्याइएको १० प्रतिशत शेयरका लागि स्थानीयले भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजनाले दोलखाका बासिन्दालाई अतिप्रभावित, प्रभावित र सामान्य गरी क, ख र ग वर्गमा विभाजित गरी सोहीअनुसार शेयर वितरण गर्ने निर्णय गरेको छ । आयोजना प्रभावित क्षेत्रको वर्गीकरणका आधारमा दोलखाबासीले न्यूनतम ३० देखि अधिकतम ३ सय कित्तासम्म शेयर आवेदन दिन पाउनेछन् ।

तामाकोसीको शेयर दोलखाको स्थानीय तहमा भएका २१ वटा बैंकका शाखाहरुले संकलन गर्ने बताइएको छ । बैंक नभएको स्थानमा घुम्ती शिविरमार्फत पनि सेयर आवेदन गरिने पूर्ववत निर्णयलाई कायमै राखिएको छ । दोलखाको लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाटको आयोजना बढीमा एक बर्षभित्र पूरा हुने पछिल्लो अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here