माडी पुगेका प्रचण्डले भनेः ‘बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती’

चितवन,१० मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती बताउनुभएको छ ।
चितवनस्थित माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै अध्यक्ष दाहालले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताउनुभयो । अध्यक्ष दाहालले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
१२ वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा यात्रु बस परेर सोही ठाउँमा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here