माघ २४ गते राष्ट्रिय सभा चुनाव गर्ने सरकारको निर्णय

काठमाडाैं, २१ पुस – सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको हो । माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलो साता लाग्नेछ । मन्त्रिपरिषद बैठकबारे जानकारी दिदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिति तय भएको जानकारी दिनुभयो ।

सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले २ महिनासम्म अनुमोदन नगर्दा यो विषय विवादमा रहँदै आएको थियो । नेकपा एमालेको कडा विरोधका कारण चर्चामा रहेको विधेयकलाई अन्ततः राष्ट्रपतिले अनुमोदन गर्नुभएको थियो । त्यसपछिमात्रै निर्वाचनका लागि बाटो खुलेको हो ।

बहुमतीय वा एकल संक्रमणीय व्यवस्थाअनुसार निर्वाचन गर्ने भन्ने विवादले नयाँ सरकार गठनको प्रकृयालाई थप लम्ब्याएको थियो। आज मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here