माघे संक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको चियापान

काठमाडाैं, १ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहाकार माधव शर्माका अनुसार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सर्वसाधारण तथा प्रमुख दलका नेताहरु सहभागी हुनेछन् । माघे संक्रान्तिको अवसरमा राष्ट्रपतिले जलपान कार्यक्रम आयोजना गरेको यो पहिलो पटक हो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका शीर्ष नेताहरूलगायत सबैलाई आमन्त्रण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here