माघ -६ सोमबार , बाँके
नेपालगन्जमा माघको दोस्रो साताबाट नेपालगन्जमा हुन लागेको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको मुख्य प्रयोजकमा युनाइटेड ग्रुप सगँ सम्झौता गरेका छन ।
आयोजक द गुप्र अफ सिक्टिन क्लवका अध्यक्ष विष्णु अर्याल र युनाइटेड ग्रुपका अध्यक्ष हिमान्सु यादव विच सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएको छ । सम्झौता रकम भने खुलाईएको छैन् । युनाईटेडको प्रित ट्याक्टर,सुजुकी कम्पनीको चार पाङग्रे गाडी र वजाजको आरई तीन पाङग्रे गाडी, विक्रि हुने गरेका छन ।
द गुप्र अफ सिक्टिन क्लव को आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्ल्ब का अध्यक्ष विष्णु अर्यालले बताएका छन। प्रतियोगिता लाई भव्य रुपमा सम्पन गर्न कुनै कसुर बांकी नराख्ने अध्यक्ष अर्यालले जानकारी दिएका छन । प्रतियोगितामा एजुकेशन पाटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् ।प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने बताइएको छ।

