काठमाडौं, ३१ चैत– नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्नेभएको छ । प्रधानमन्त्री तथा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा दिउँसो ३ बस्ने गरि बैठक बोलाइएको छ ।
बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधानको नयाँ संशोधन, मधेसी मोर्चाको माग, स्थानीय निकायको निर्वाचन लगाएतका बारेमा छलफल हुने छ ।
प्रमुख प्रतिपक्षदल र मेधशी मोर्चालाई सहमतिमा ल्याउन सरकारले गरेको नयाँ संशोधनमा मोर्चाले असन्तुष्टि जनाएपछि केन्द्रको बैठकमा त्यसबारेमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।
साथै आगामी चुनावका लागि पार्टीको गृहकार्य र उम्मेदवार चयनलगायतका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

