माओवादी संसदिय दलको बैठकमा गुनासै गुनासा, चीन भ्रमणमा केहि महत्वपूर्ण सम्झौता हुनेःप्रधानमन्त्री

web photo

काठमाडौं,१० चैत– नेकपा माओवादी केन्द्रको संसदिय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणको बारेमा जानकारी गराउनुभएको छ ।
आज बिहान दलको कार्यलय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा केही महत्वपुर्ण सम्झौता हुन सक्ने बताउनुभएको जानकारी दिनुभएको छ । भ्रमणमा चीनसंग दीर्घकालिन महत्वका केही बिषयमा सम्झौता तथा कार्यान्वयनका विषयमा सहमति हुन सक्ने संकेत गर्नुभयो ।
परराष्ट्र मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताएपनि प्रधानमन्त्री दाहालले चीनको वान वेल्ट वान रोड, रोल वे, क्रस वोर्डर इलेक्ट्रोनिक जोन, ट्रानमिसन लाईन, हाईड्रो लगायत विषयमा सम्झौता हुन सक्ने संसदियदलमा जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री दाहालले चीनसंगको सम्झौताका बिषय तयारी अवस्थामा रहेको बताउँदै सद्भाव भ्रमणमा मात्र आफु सिमित नहुने संकेत बैठकमा गराउनुभएको एक माओवादीका नेताले बताएका छन् ।
स्थानीय तह निर्वाचन सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री दाहालले सिमांकनलाई थाती राखेर मधेशी मोर्चालाई समेत सहमतिमा ल्याईने विषयमा छलफल जारी राख्न नेताहरुलाई निर्देशन दिनुभयो ।

बैठकमा स्थानीय निकायको निर्वाचन, संविधान संशोधन, मधेशी मोर्चासंगको छलफल लगाएतका बारेमा छलफल भएको थियो ।

बैठकमा निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद्मार्फत नै दलहरुबीच कयांैँ विषयमा सहमति खोज्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी संसद्को अधिवेशन जारी राख्नुपर्नाको कारणबारे जानकारी दिनुभएको प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बैठकले केही समयअघि सप्तरी र कञ्चनपुरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेकोछ ।
संसदीय दलले स्थानीय तह पुनःसरचना, सीमाङ्कन तथा स्थानीय तहको स्तरउन्नतिका बारेमा आएका गुनासोबारे प्रदेश संयोजक र संसदीय समितिले सुझाव सङ्कलन गरी सरकारलाई प्रतिवेदन दिने निर्णय भएको बस्नेतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here