माओवादी केन्द्र छलफलमा

काठमाडौं, ८ चैत– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकमा स्थानिय तहको चुनाव, संविधान संसोधन र प्रधानमन्त्री पुष्पकमल दाआल प्रचण्डको आसन्न चीन भ्रमणमा विषयमा छलफल हुनेछ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा पार्टीले संविधान संसोधन र स्थानिय तहको चुनावको विषयमा धारणा बनाउनेछ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले राष्ट्रिय राजनीतिलाई दिने निकासका विषयमा छलफल हुने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले पर्सीदेखि हुने चीनभ्रमणका विषयमा जानकारी गराउने र त्यसमा पार्टीले छलफल गरेर एजेण्डामा सुझाव दिने पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here