माओवादी केन्द्रको विस्तारित बैठक आजपनि, यस्तो छ, छलफलको विषय

काठमाडौं, ६ साउन– नेकपा माओवादी केन्द्रको विस्तारित बैठक आज पनि बस्ने भएको छ । गत सोमबारदेखि सुरु भएको बैठकमा आज संङगठनको आकार घटाउने विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
४ दिनदेखि जारी सचिवालयको विस्तारित बैठकमा नेताहरुले पार्टीको विभिन्न समितिहरु चुस्त बनाउनुपर्ने धारणा राख्नुभएपछि साङगठनिक आकार सानो बनाउने सम्भावना देखिएको छ ।

सगठन जम्बो भएको भन्दै नेताहरुले घटाउन सुझाव दिएपछि आजको बैठकमा अध्यक्षले त्यसबारे प्रस्ताव ल्याउनुहने बुझिएको छ ।
संगठनको आकार घटाउन एक समिति बनाउने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । यस्तै बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने त्रलम भने सकिएको छ ।

हिजोसम्मको बैठकमा उठेका विषयमा प्रमुख नेताहरुले जवाफ दिएपछि छलफलको मूल भावना समेटेर बैठकमा निष्कर्ष निकालिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here