माओवादी अध्यक्ष दाहालको यस्तो भनाई अब के हुन्छ ?

web

काठमाडाै, १२ भदाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावमा जुनसुकै पार्टीसँग पनि तालमेल गरेर अघि बढ्न सकिने प्रष्ट पार्नु भएको छ । तर उहाँले पहिलो प्राथमिकता भने मधेसी दललाई नै दिइने उल्लेख गर्नु भयो ।

विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले २ नम्बरको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएपछि मुलुक राजनीतिक स्थायित्वको बाटोमा लाग्ने पनि बताउनु भयो । प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधन गर्ने विषयमा दिएको अभिव्यक्ति सान्दर्भिक नरहेको पनि उल्लेख गर्नु भयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले कोशी ब्यारेजको उच्च बाँध निर्माणका बारेमा गरेको सहमतिप्रति पनि पुनर्विचार गर्नुपर्ने दाहालले टिप्पणी गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here