माइला लामाविरुद्ध बम विस्फोट कर्तव्य ज्यान मुद्दा

काठमाडौं,५ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता माइला लामाविरुद्ध कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने भएको छ । काठमाडौंको काँडाघारीबाट पक्राउ परेका लामाविरुद्ध यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता छ ।

महाशाखाका एसएसपी शहकुल थापाका अनुसार उनी एकजना आफन्तको घरमा बसेका थिए । प्रहरीले लामालाई लामो समयदेखि खोज्दै आएको थियो ।

नख्खुस्थित एनसेन मुख्यालयको गेटमा विस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । अन्य दुईजना घाइते भएका थिए । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको थियो । लामा विप्लव समूहका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इञ्जार्ज समेत हुन् ।

तत्कालीन समयमा पनि लामा इञ्जार्ज नै थिए । यसअघि नख्खु घटनामै पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जना पुर्पक्षका लागि जेलमै छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here