माइभ्याली गोल्डकपः आज मनाङ र पुलिस मैदानमा

इलाम, २१ चैत– इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा आज नेपाल पुलिस र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनमा खेल अन्तर्गत पुलिस र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका हुन ।  माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा २ विदेशी सहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँप्राप्तगर्नेछन् ।  यसअघि हिजो सम्पन्न दोस्रो क्वाटरफाइनलमा रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापा ११ सेमीफाइनलमा प्रवेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here