एजेन्सी– कम्प्युटर प्रविधि सम्बन्धी कम्पनी (माइक्रोस्फट)ले शुक्रबारबाट शुरु भएको विश्वव्यापी साइबर हमलालाई खतराबारे सावधान गराउने सूचकका रुपमा व्याख्या गरेको छ ।
माइक्रोस्फटले साइबर हमलालाई सरकार तथा संघसंस्थाका लागि भविष्यमा आइपर्ने खतराबारे सावधान गराउने सूचकका रुपमा व्याख्या गरेको हो ।
‘विन्डोज अपरेटिङ सिस्टम’का पुराना ‘भर्सन’हरुलाई ह्याकरहरुले निशाना बनाउँदा विश्वभर २ लाख भन्दा बढी कम्प्युटरहरु प्रभावित भएका छन् ।
माइक्रोस्फटका प्रमुख कानुनी अधिकृत ब्राड स्मिथले ग्राहकहरुले आफ्ना अपरेटिङ सिस्टम समायानुकुल नबनाउँदा मालवेयर फैलन पाएको बताएका छन् ।
विज्ञहरुले सो भाइरसको विस्तार अहिले अलिकति सुस्त देखिएपनि यो अवस्था छोटो समयका लागि मात्रै हुनसक्ने चेतावनी दिएका छन् । हालसम्म दुई लाख भन्दा कम्प्युटर उक्त हमलाको शिकार भइसकेका छन् ।

