लमजुङ,२२ मंसिर– लमजुङको बेसीशहरमा गएराति भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

