महोत्तरीमा साउने १५ पर्व मनाइँदै

बर्दिवास, १५ साउन- जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ ।

पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओमशान्ति डेरीका सञ्चालक पुरुषोत्तम भट्टराई बताउनुहुन्छ । आज अन्य दिनको तुलनामा दूधको माग पाँच गुणाले बढेको उहाँको भनाइ छ ।

यस्तै बर्दिवास–६ स्थित राधाकृष्ण डेरीका सञ्चालक प्रमोद यादव अरु दिन २०० लिटर दूध खपत हुँदै आएकामा आज एक हजार लिटर दूधको माग आएको बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here