प्रीति सिटौला, निर्देशक, आइपीडी तथा पूर्वमिस नेपाल–२००३
महिला हिंसा कम गर्न सर्वप्रथम घरबाटै आमाले छोरालाई पनि हरेक काम सिकाउनुका साथै उसको जीवनमा महिलाको महत्व बोध गराउनुपर्छ । एक छोरा–एक छोरी छन् मेरा, म छोरीलाई मात्र यो गर, त्यो नगर, यो लगाऊ, त्यो नलगाऊ वा यस्तो ठाउँमा नजाऊ भनेर सिकाउँदिन ।
दुवैलाई एउटै शिक्षा दिन्छु । हरेक घरमा यो प्राक्टिस भए अबको २० वर्षपछि केही परिवर्तन होला कि ? छोरीलाई पनि एक्सपोजर दिनुपर्छ ।
उनीहरूलाई कुवाको भ्यागुता होइन समुद्रमा तैरिन सक्ने बनाउनुपर्छ । सञ्चार माध्यमले महिलाका पक्षमा सकारात्मक सूचना प्रचार–प्रसार गरिदिनुपर्छ । शिक्षाले चेतना जगाउने र सक्षम बनाउने काम गर्छ जुन सबैका लागि अत्यावश्यक छ । महिला हिंसाविरुद्धका कार्यक्रम ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्छ । नारीबाट साभार,

