काठमाडौं,१७ पुस । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले आज महालेखा नियन्त्रक कार्यालयमा २ घण्टा तालाबन्दी गरेका छन् ।
संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा नियन्त्रक कार्यालयमा आज बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा तालाबन्दी गरेका हुन् ।
कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाई बेवास्ता गरेपछि संघीय सरकार मातहत नै आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न पहल गरिदिन आग्रह गर्दै महालेखा नियन्त्रक कार्यालयमा तालाबन्दीसहितको विरोध प्रर्दशन गर्नु परेको लेखा अधिकृत तुलसीराम बस्नेतले जानकारी दिनुभयो ।

