‘महाभूकम्प’ गएको २ वर्ष पुरा, कस्तो थियो त्योदिन (भिडियो सहित)

काठमाडौं, १२ बैशाख– ‘महाभूकम्प’ गएको आज दुईवर्ष पूरा भएको छ । आजभन्दा दुईवर्षअघि अर्थात वि.स. २०७२ बैशाख १२ गतेको दिन सम्झदै अत्यास लाग्ने र सबै नेपालीको जीवनकै अविस्मरणीय क्षण र कहाली लाग्ने दिन बन्न पुग्यो ।

बैशाख १२ गते अचानक आएको भूकम्पले सबैतिर तहस–नहस पा¥यो भने सबैलाई तितरवितर बनायो । २०७२ बैशाख १२ आजकै दिन गोरखाको बारपाक केन्द्र बनाएर ७ दशमलब ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा नौ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

तर, तर पुनर्निर्माणको काम प्रभावकारी रुपमा अघि नबढ्दा पीडितहरु कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । दुई वर्ष पुरा हुँदा समेत सरकारले कतिपय जिल्लामा क्षतिको यकिन तथ्याङ्क समेत संकलन गर्न सकेको छैन ।

दुई वर्षा र जाडो खुल्ला आकाशमुनि काटेका पीडित अझै पनि अनुदान राहतको पर्खाइमा बसिरहँदा पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने जनशक्तिको अभाव देखाउँदै काम प्रभावकारी रुपमा अगाडी बढाउन नसकेको बताउँदै आएको छ ।

भूकम्प गएको २ बर्ष पुग्दापनि कयौं पिडितहरु अझै टहरोमा बस्न बाध्यछन् । पुनःनिर्माणले सोचे जस्तो गति नलिदा पिडितहरु झन पिडित बनेका छन् । आजको दिनलाई धेरैले कालो दिनका रुपमा पनि दिने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here