महानिर्देशक शर्माको सुनुवाइ आजपनि

काठमाडौं, १८ साउन– सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको सुनुवाई हेर्दाहेर्दै राखी पुनः आज गर्ने भएको छ ।
गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ जारी रहेको छ ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदाहँुदै नभ्याएपछि आजकालागि राखिएको हो ।
शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको थियो ।
यसैबिच अदालतले शर्मालाई हिजोदेखि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here