मलेसिया पुगेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कंदै

काठमाडौं, ११ जेठ–  दुई अन्र्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया पुगेको नेपाली महिला टोली आज स्वदेश फर्कने भएको छ ।
खेल भएको कोटा किनाब्लु बाट क्वालालम्पुर हुँदै नेपाली टोली आज दिउसो नेपाल आउने भएको हो । पहिलो खेल १– १को बराबरी खेलेको नेपालले दोश्रो खेलमा भने ४–१को फराकिलो अन्तरले हार व्यहोरेको थियो ।

आगामी वर्ष हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली मलेसिया गएको थियो । खेल सकिएलगत्तै कोटा किनाब्लुबाट क्वालालम्पुर आइपुगेको टोली आज दिउसो स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here