मलेसिया पुगेका मन्त्री डा.महतले यसरी गरे लगानीका लागि आग्रह

क्वालालम्पुर, ६ चैत– परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको प्रशस्त अवसर र सम्भावना रहेको बताउनु भएको छ ।
गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको आज मलेसियाको राजधानी क्वालालम्पुरमा औपचारिक उद्घाटन गर्दै परराराष्ट्रमन्त्री महतले गैरआवासीय नेपालीहरुसँग भएको सीप र आर्थिक पूँजी नेपालमा लगानी गर्न सके कृषि, घरेलु तथा साना उद्योगको उत्पादन बढाउन सक्ने बताउनु भयो ।
उहाँले नेपालमा सैद्धान्तिक वैचारिक राजनीतिका कुरा धेरै भएको भन्दै अब विकासका कुरा गर्न र विकासबारे बहस गनृ सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संविधान भर्खरै जारी भएको र धेरैजसो ऐन कानुनहरु भर्खर बनेकोले नेपालमा लगानीका लागि निकै सहज अवसर र सम्भावनाहरु बड्रदै गएको बताउनु भयो ।
कार्यक्रममा मलेसियाका लागि नेपालका राजदूत निरञ्जनमान सिंह बस्नेतले विभिन्न अभियोगमा मृत्युदण्डको सजाय तोक्न लागिएका र बन्दी बनाइएका नेपालीहरुको माफीका लागि पहल भइरहेको जानकारी दिनु भयो ।  २ दिने सम्मेलनमा क्षेत्रीय सम्मेलनमा एशिया प्रशान्तका क्षेत्रका १५ देशका करिब २०० गैरआवासीय नेपालीहरुको सहभागिता रहेको सम्मेलनको आयोजक गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here