काठमाडौं,२५ चैत । मलेसियाको सेलागरमा भएको बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । तीन नेपाली गम्भीर घाइते भएका छन् ।
उनीहरु क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिक हुन् । मृत्यु हुने नेपालीमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

