सवारी दुर्घटना न्यूनीकरण बारे हरेक दिन प्रशिक्षण गराई रहेको जि. ट्रा. प्र. — प्रमुख पबिन्द्र बम

प्रयाग गुप्ता/बिष्णुकुमार देवकोटा
सडक सुरक्षा र सवारी दुर्घटनालाई लाई न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरी, सवारी चालक र समुदायको त्रिपक्षिय सहकार्य भए बाँकेलाई सुरक्षित बनाउन सकिने बिचार जिल्ला ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले मिडिया संग अन्तरवार्ताको क्रममा बताउनुभएको छ ।
खबरै खबर डटकम संगको एक्सक्लुसिभ अन्तरवार्ताका क्रममा बलमे भन्नु भयो –“दुर्घटना सत प्रतिसत रोक्न त सकिदैन तर दुर्घटना नै हुन नदिने तर्फ सत प्रतिसत काम गर्न सकिन्छ, मलाई समुदाय र चालकहरुको साथ चाहियो”
घना बस्ति, भिडभाडयुक्त सडक तथा गल्लि, पुर्वपस्चिम राजमार्ग तथा समुदायगत संबेदनसिल क्षेत्रकोरुपमा रहेको नेपालगंज शहर लाई रहर लाग्दो बनाउन सर्बपक्षिय सहयोग आवस्यक रहेको पनि बम ले बताउनुभयो ।
जिल्लामा सडक सुरक्षालाई ध्यानमा राख्दै चालकहरुको श्वास्थ्य परिक्षण, समुदाय संग निरन्तर अन्तरक्रीया, सवारी चेकजाँचमा कडाई तथा सचेतना अभिबृद्धिका कार्यक्रमहरु निरन्तरता दिएको बमको दावी छ ।
अन्तरवार्ताकै क्रममा बमले सहि पुलिसिङ्ग र ट्राफिक नियमको अनिवार्य पालना दुर्घटना न्युनिकरणकका लागि अनिबार्य सर्त रहेको भन्दै प्रहरी निरिक्षक बमले सडक कसरी सुरक्षित बनाउने भन्ने तर्फ सामुहिक प्रयत्न हुन जरुरी रहेको छ ।
विभिन्न चाडबाडहरुमा अलि ट्राफिक नियम उल्लंघन गर्नै प्रबृति हुने हुँदा संयमित भएर चाडपर्व बनाउन र सद्भाव कायम राख्न सबैमा आग्रह गर्दै ट्राफिक प्रहरी प्रमुख बमले दुर्घटनाले जन र धन को क्षति हुने र त्यो कसैका लागि पनि प्रिय नहुने तर्क गर्नुभयो ।
जिल्लाको सडक सुरक्षा पहिलो प्राथमिकतामा रहेको रणनिती सार्वजनिक गर्दै कुनै घटना भए वा हुन सक्ने संभावित अवस्थामा सचेत नागरीकको हैसियतले आफुलाई डाईरेक्ट फोन गर्न वा सुचना दिन आग्रह गर्नुभयो ।
“सूचना पाएको निमेष भरमै ट्राफिक प्रहरी मूभ हुन्छ”– बमले भन्नु भयो । आफु कसरी सुरक्षित हुने भन्ने कुरामा जोड दिन पैदल यात्रु लाई आग्रह गर्दै बमले कानुन मिच्ने जो कोहीलाई पनि कानुनको दारामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here