मलाई अमेरिका यहि बोलको गीत समसामयिक हुने..लुट्न सकेलुट कान्छा कसरी प्रतिपक्ष भयो ?

काठमाडौं । समसामयिक विषयमा लोक गीत गाएर चर्चामा रहेका पशुपति शर्मा यो साता भने विवादमा तानिए । शर्मा यसअघि गीत गायर विवादमा नतानिएका भने होइन यस भन्दा अघि पनि गीतकै कारण विवादमा मुछिएका थिए तर त्यो समय केहि संघ संस्था र अधिकारकर्मीले मात्रै शर्माको आलोचना गरे यो पटक भने शर्मामाथि थेगी नसक्नु दवाव पर्यो ।
उनिमाथि सरकारनै खनिएपछि दवाव थेक्न नसकि शर्माले आफ्नो गीत नै बन्द गरेको घोषणा गरे ।

पछिल्लो समय बजारमा आएको गीत लुट्न सके लुट कान्छा बोलको गीतले उनिलाई आलोचित मात्रै बनाएको छैन उनिको अबको गायन यात्रा कहाँ जाने भन्ने सम्म भइसेको अबस्था छ । किन कि उनि समसायिक विषयमा गीत बनाउछन् ।
पछिल्लो समय नेपालमा घटेका विभिन्न भ्रष्टाचारका घटना, बलात्कार, हत्या हिंसा, वेरोजगारी, महंगी जस्ता घटनाले पिल्सीएका जनताकालागि बनाएको गीत आखिरमा जनताले निर्वाचित गरेर पठाएका नेता र वर्तमान सरकारको टाउको दुखाईको विषयमा बन्यो ।
गीतमा भ्रष्टाचार, समाजको बेथितिहत्या, हिंसा र बलात्कार जस्ता विषयलाई व्यंग्य गरिएको छ । गीतमा प्रत्यक्ष बर्तमान सरकारलाई तोकेर व्यङगे गरेको भन्दै सरकारले राष्ट्रिय हित विपरित भन्दै उक्त गीतलाई यू–ट्यूब च्यानलबाट हटाइएको छ । वर्तमान सरकार सम्बद्ध केहि कलाकारहरुले शर्मालाई गीत तत्काल बन्द गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
यति मात्रै होइन शर्माको गीतबारे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नेकपाका नेताहरु, एमाले निकट कलाकार लगाएतकाबीच छलफल भएको स्रोतले बताएको छ । छलफल लगत्तै शर्मालाई फोन गरेर गीत च्यानलबाट हटाउन दवाव दिएको स्रोतको भनाई छ ।
गायक तथा शव्द लेखक शर्मा आफैमा राम्रो पढेलेखेका कलाकारहरुमा गनिन्छन् उनले गाईजात्रामा होस् या तीज पर्वमा समसामयिक गीत बजारमा ल्याएर दर्शक स्रोताको मन जीतेका छन् । उनले सात बर्ष पहिले बजारमा ल्याएको मलाई अमेरिका यहि..मलाई जापान पनि यहि..बालेको गीत निकै रुचाइएको गीत हो । गीतले देश तथा विदेशमा राम्रो सद्भाव पायो ।
गीतले पछिल्लो समय सुनौलो भविश्य खोज्न हिडेका युवामा नेपालमा केहि गर्नुपर्छ भन्ने सन्देश दिएको थियो । तर उनले हालै बजारमा ल्याएको गीत लुट्न सके लुट कान्छा बोलको गीतले भने उनि धेरै आलेचित हुन पुगेका छन् । उनले चारैतिरबाट आएको दवाव सहन नसकि गीतलाई आफ्नो युटुव ज्यानलबाट हटाए ।
प्रश्न यहाँ निर के हुन्छ भनेः जस्ले उनलाई गीत हटाउन दवाव दिए..उनिहरुले के बुझ्ना आवश्यक छ भने मलाई अमेरिका यहि मलाई जापान पनि यहि बोलको गीत समसामयिक हुने लुट्न सके लुट कान्छा बोलको गीत प्रतिपक्ष हुने भन्ने पनि हुन्छ ? अहिले सदन देखि सडकसम्म शर्माको गीतको चर्चा छ ।
उनिले गायको गीत कस्तो छ भनेर थाहा नभएकाहरुले पनि आज उनको गीत खोजी खोजी सुन्ने गरेका छन् र सरकारको आलोचना पनि बढेको छ । एउटा कलाकारले गायको गीतलाई प्रतिपक्षको आरोप लगाउनु वर्तमान सरकारको स्वभामान भित्रको कुरा नभएको भन्दै दवाव बढेको छ ।
यता गायक पशुपति शर्माले भने फेसबुकमा लामो स्टाटस लेख्दै गीतमार्फत शुशासन कायम हुनुपर्छ र देशमा विसंगती व्याप्त हुनु हुदैन भन्ने ध्येय रहेको बताएका छन् । ‘सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन ।

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !हिजो रिलीज भएको मेरो “लुट्न सके लुट…

Posted by Pashupati Sharma on Saturday, 16 February 2019

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here