मन्त्री विजयकुमार गच्छदारलाई आयोगको निर्देशन

काठमाडौं, २५ भदौं– निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारलाई आज आफ्नो स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको चुनावी प्रचार प्रसारमा नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले २५ बढी गाडी र सय बढी मोटरसाईकल प्रयोग गरेको भन्दै आयोगले उपप्रधानमन्त्री गच्छदारसँग स्पष्टिकरण सोधेको हो ।
निर्वाचन आचार संहिता विपरित गाडी र मोटरसाईकलको र्याली निकालेर आचार संहिता उल्लंघन गरेको भन्दै हिजो २४ घण्टाभित्र आफ्नो स्पष्टीकरण दिन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here