किन स्विकृत भएन मन्त्री मगरको आजदेखि हुने भनिएको विदेश भ्रमण ?

काठमाडौं,१८ चैत । खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण रद्द भएको छ । मन्त्रिपरिषदको बैठकले भ्रमण अस्वीकृत गरेपछि उहाँको आजदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको भ्रमण रद्दभएको हो । मन्त्री मगर खानेपानीसम्बन्धी अन्तरौष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री कोस्टारिका जाने कार्यक्रम तय भएको थियो ।
मन्त्री मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो । भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण मन्त्री मगरले नै स्वीकृत गर्नुभएको थियो ।
मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति दिनुपर्छ । यस विषयमा मन्त्री मगरको कुनै प्रतिकृया आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here