‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’

काठमाडौँ, २६ साउन: सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू ।

यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पाएपछि उहाँले ११५१ नम्बरमा फोन लगाउनुभयो ।

फोन उठाउनेमा हुनुहुन्थ्यो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन । आफ्नो नाम बताउँदा कापेको जस्तो स्वर भए पनि कमलाले समस्या भने प्रष्टसँग राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली बाल्न पाउँदैनाँै र मन्त्री ज्यू ।” कमलाको समस्या सविस्तार सुनेपछि मन्त्री पुनले भन्नुभयो, “तपाईहरु निवेदन लेखेर नेपाल विद्युत् प्राधिकरणको टीकापुर वितरण केन्द्रमा जानुस्, मैले अहिले नै सो वितरण केन्द्रका प्रमुखलाई फोन गरिदिन्छु । तपाईका लागि पोल र मिटरको प्रबन्ध हुन्छ ।” मन्त्रीको जवाफ सुनेपछि कमलाले मन्त्री पुनलाई धन्यवाद मन्त्री ज्यू भन्दै फोन राख्नुभयो ।

यस्तै इलामबाट गणेश मगरले देउमाई नगरपालिकाका केही वडामा विद्युत्का पोल काठको भएका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल बदलिदिन मन्त्री पुनलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here