मन्त्री अधिकारीको सम्झनामा सामाजिक सञ्चालनमा कस्ले के लेख्यो ?

काठमाडौं,१६ फागुन । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पयर्टन मन्त्री रविन्द्र अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटना भयो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा,नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भयो ।

पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएको केहिसमय पछि समाजिक सञ्चालमा उहाँ प्रति श्रद्धाञ्जली दिनेको ठुलो भिड लाग्यो । उहाँको निधनको खबर सुन्न नपाउँदै कयौं शुभचिन्तकले समाजिक सञ्चालनमा आफ्नो वेदना पोखे । कयौंले शव्दहरुनै लेख्न सकेन भने कतिले उहाँको सम्झनामा लेख्दै जादा केके लेखे भन्ने सम्म हेक्का राख्न सकेनन् । आउनुहोस् उहाँको सम्झानामा कस्ले के लेख्यो ? हेरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here