मन्त्रीको हालिमुहालीमा ब्रेक

काठमाडौं, ३० चैत – अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिई एकै पटक तीस सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने देखिएको हो । गत साताको बिहिबार प्रधानमन्त्री ओलीले संघीय ममिला तथा सामानय प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए ।

यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार बिहान मात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जार्द थिए । आजको नागरिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here