काठमाडौं,३० चैत– सरकारी वकिलले लापरबाही गर्दा दीपक मनाङे भनिने राजीव गुरुङको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दाको पुनरावेदन गर्ने म्याद सकिएको छ ।
सरकारी वकिलले समयभित्र पुनरावेदन नगरेपछि मनाङेको सम्पत्ति शुद्धिकरणसम्बन्धी विशेष अदालतको फैसला नै अन्तिम भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषबाट उनले सफाइ पाएका छन् । आजको गोरखापत्रमा खबर छ ।

