मनाङको चामेमा एमाले उम्मेदवार लोकेन्द्र बहादुर घले विजयी
मनाङ, १ जेठ– मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । आज बिहान सकिएको मतगणनामा एमाले उम्मेदवार लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता लामा ३१ मतले पाराजित हुभएको छ ।