काठमाडौं,३१ असार । केहिदिन सक्रिय मनसुन आजदेखि भने केहि कम हुने भएको छ । मौषम पुर्वानुमान महाशाखाले मनसुनी गतिविधि कमजोर बन्दै गएको जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही तल रहेकाले मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको छ ।
देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ । पश्चिमका थोरै र मध्य तथा पूर्वका केही स्थानमा मनसुनी वर्षा भइरहेको जनाइएको छ । आज दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । केही दिनदेखि जारी रहेको वर्षा अब कम हुँदै जाने र मौसममा केही सुधार आउने मौसमविदले बताएका छन् ।
यताः कन्काइ, विरिङ, निन्दा, राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरु लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर,कैलाली, सर्लाही, महोत्तरी,झापा,मोरङ जिल्ला भइ बग्ने केही ससाना खोलामा उच्च वहावको सम्भावना रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ ।

