काठमाडौं,२० मंसिर– काठमाडौंमा आज बिहानै एक शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए÷नभएको पत्ता लगाउन बोलाएको छ । अहिले त्यहाँको स्थगित त्रसित बनेको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार सेनाको टोलीले उक्त शंकास्पद बस्तुको पहिचान गर्ने कार्य थालेको छ । स्थानीयका अनुसार प्रेसरकुकर वम हुन सक्ने जनाएका छन् । उक्त प्रेसरकुकरभित्र विस्फोटक पदार्थ हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

