मध्यराति १२ बजेदेखि सबै यातायात बन्द हुने

काठमाडौं,२० मंसिर– प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आज मध्यरातिदेखि यातायात बन्द हुने भएको छ ।

मतदान हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि यातायात बन्द हुने भएको हो ।  सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ ।

भोली मतदान हुने ४५ जिल्लामा गाडी चलाउन नदिने भएकाले आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गृह मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि पास लिएका सवारी, एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here