काठमाडौं,८ जेठ । लमजुङमा लगातार दुईवटा भुकम्पको धक्का महसुश गरिएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर मंगलबार राति र आज विहान लगातार दुइवटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प र आज बिहान ३ बजेर २८ मिनेटमा ३ दशमलव ९ रेक्टर स्कलको पराकम्प गएको हो । दुवै भुकम्प २०७२ बैशाखको भुकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

